विराटनगर । विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा बेथिति बढेको आरोप लगाउँदै नेकपा एमाले ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न २० बुँदे ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुधबार बुझाएका हुन् ।
नेकपा एमाले १२ नं. वडाका अध्यक्ष भानुभक्त पाठक र सचिब अजय ढकालसहित सहभागी भएका स्थानीयले विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले बुझाएको पत्रमा वडाअध्यक्ष कामत कार्यालय समयसम्म नबस्दा सेवाग्राहीले सेवाबाट बन्चित हुनुपरेको भन्दै समयसम्म बस्न माग गरेका छन् । त्यसैगरी युवा, खेलकुद, विपद व्यवस्थापन जस्ता शिक्षकमा छुटयाएको रकम के कति कारण र कुन निर्णयका आधारमा रकमान्तर गरिएको हो तत्काल सार्वजानिक गर्नुपर्र्ने, सेवाग्राही वडाबासीहरुले कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको भन्दै गुनासो आएकाले कार्यालय व्यवस्थित ढंगले संचालन गर्नुपर्नेलगयत विभिन्न माग राख्दै ध्यानकर्षण गराएको सचिव अजय ढकालले बताए ।
ध्यानकर्षण पत्रको बोधार्थ विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पठाएको छ ।
यता वडाअध्यक्ष कामतले वडाको काम लिएर महानगरपालिका र बाहिर जाँदा वडा सदस्यलाई काभा दिएर जाने गरेको बताए । सेवाग्राहीलाई सहजता प्रदानको गर्नको लागि आफू नहुँदा सदस्यलाई कार्यवहाक दिएको र काममा बाधा नपारेको प्रतिक्रिया दिएा छन् ।