विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक चौथो अध्याय मञ्चन भईरहेको छ ।
रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय नामको नाटकशुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटकहरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पिडालाई प्रायोगिक एवम् काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउने प्रयास गरिएको छ ।नाट्य साहित्यको अध्ययन तथा प्रयोगात्मक प्रकृयामा अत्यन्तै आवश्यक रहने सुधारात्मक पद्धति “इम्प्रुभाइजेसन” र पात्र तथा परिवेश कल्पना “इम्याजिनेसन” बाट संयोजन गरिएको यो नाटक चौथो अध्याय मनोसामाजिक खोज तथा अध्ययनको एउटा प्रायोगिक अभ्यास रहेको नाटककी निर्देशक दिक्षा चौधरीले जानकारी दिईन् ।
नाटकमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चाल्र्स बुकोवस्की र विप्लव प्रतीकका कविताहरूलाई समेत प्रयोग गरिएको छ । नाटकले दर्शन, विचारधारा र व्यवहारिकताबीचको जीवनको विरोधाभाषपूर्ण संघर्षलाई समेत इङ्गित गरेर देखाउन खोजिएको छ ।चौथो अध्यायमा दिक्षा चौधरी , भरत कार्की, प्रदिप दाहाल, रविन चिमरीया, यसश्वी चौधरी लगायतको अभिनय छ ।