विराटनगर । प्रदेश योजना आयोगका नवनियुक्त सदस्यले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनिहरुलाई शपथ शपथग्रहण गराएका हुन ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलवार आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराएका हुन्।
प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले काठमाडौँ डा. सीताराम बस्नेत, सोलुखुम्बुका किशोरकुमार राई र मोरङकी नमिता न्यौपानेलाई सदस्य नियुक्त गरेको थियो।