माउन्ट एभरेस्टका ७५ विद्यार्थी दीक्षित

बेलबारी । माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका ७५ विद्यार्थी दीक्षित भएका छन् । बेलबारी ११ लक्ष्मी मार्गमा रहेको उक्त विद्यालयले मङ्गलवार एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।

युकेजीदेखि कक्षा १ मा उर्तिण भएका ७५ जना बिद्यार्थीहरुलाई दीक्षित गरिनुका साथै अभिभावकहरूलाई अभिमुखीकरण कार्यक्रम समेत यो विद्यालयले गरेको छ ।

विद्यार्थीहरूले पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागिता जनाए मात्र विद्यार्थीहरूको व्यक्तित्व विकास हुने सोही विद्यालयमा प्रिन्सिपल जगत् बहादुर बस्नेतले बताए । उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन लगायत प्रस्तुति गरेका थिए ।

मङ्गलबार, २९ जेठ, २०८१, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page