लोड हुँदैछ...

मेनु

ग्रामिण क्षेत्रका युवा युवती लागु औषधमा फस्दै

ग्रामिण क्षेत्रका युवा युवती लागु औषधमा फस्दै

विराटनगर। स्थानीय तहको न्यायिक समितिमा जग्गा किचला, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रमबाट उक्त तथ्य सार्वजनिक भएको हो । ग्रामिण क्षेत्रमा लागु औषधको समस्या पनि बढ्दै गाएको पाइएको छ । ग्रामिण क्षेत्रका युवा युवती लागु औषधमा फस्दै गएको सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यी तथ्य सार्वजनिक गरेका हुन् । सर्वसाधारणमा न्यायमा पहुँच नभएकै कारण उनीहरूले विभिन्न किसिमका दुव्र्यवहार, विभेद, उपेक्षा, शोषण लगायतको मारमा परेको विद्यार्थीहरूले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

न्यायमा पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरेको थियो । मोरङका छ, झापाका पाँच र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन भएको थियो । पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत २३ जना विद्यार्थीहरूले छनौट भएका स्थानीय तहमा गएर एक महिनासम्म लक्षित समूहलाई कानूनको व्यवहारिक शिक्षाका विषयमा जानकारी गराएका थिए । न्यायिक समितिको समन्वयमा विद्यार्थीहरूले वडा, गाउँ र विद्यालयहरूमा सामाजिक न्याय र कानूनी न्यायका गतिविधिहरू सञ्चालन गरेका थिए । विद्यार्थीहरूले एक महिनासम्म स्थानीयलाई कानूनी शिक्षा र कानूनी सहायता समेत प्रदान गरेका थिए ।

विद्यार्थीले कक्षा कोठामा पाएको सैद्धान्तिक ज्ञानलाई व्यहारमा उतार्न प्रयोगात्मक र अभ्यासमा आधारित कार्यक्रम सञ्चालन गर्ने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलियाले जानकारी दिनुभयो । यस्ता कार्यक्रमबाट विद्यार्थी मात्र नभइ स्थानीय तह र स्थानीयवासी समेत लाभान्वीत हुने उपकुलपति थपलियाको भनाइ थियो ।

विश्वविद्यालयले यसअघि “कानूनको व्यवहारिक शिक्षा” को दुई वटा कार्यक्रम सञ्चालन गरिसकेको छ । गत वर्ष इलाम, धनकुटा, भोजपुर, उदयपुर र सुनसरीको १६ वटा स्थानीय तहमा ३२ जना विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए भने पहिलो वर्ष सुनसरी, भोजपुर, पाँचथरका १५ स्थानीय तहमा ३० जना विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।