आईसीसी टी –२० विश्वकप

दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेल सन्दीपले खेल्ने

विराटनगर ।नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी—२० विश्वकप खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीप टी–२० विश्वकप खेल्ने जानकारी दिएको हो ।

वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको छ ।

सोमबार, २८ जेठ, २०८१, बिहानको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर