प्याब्सन विराट कप सोमबारदेखि

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ । प्याब्सन विराटनगरको आयोजनामा हुने प्रतियोगिताविराटनगरस्थित सहिद मैदानमा हुने आयोजकले जनाएको छ ।

प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । असार ५ गते फाइनल हुने प्रतियोगितामा विराटनगरका २३ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगर फुटबल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ८ वटा विधामा पुरस्कार वितरण पनि गरिनेछ । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको अध्यक्ष बुढाथोकीले बताए । गत वर्षको बिजेता विराटनगरको डनबक्सको स्कुल भएको थियो । यस पटकको प्रतियोगिता भयरहित बावतरणमा भव्य र सभ्य तरिकाले प्रतियोगिता हुने प्याब्सन विराटनगरका सल्लाहकार इन्द्र राईले बताएका छन् ।

सोमबार, २८ जेठ, २०८१, बिहानको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page