सबैको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरु कामै हुँदैन : गृहमन्त्री लामिछाने

विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरण बारे जबाफ दिन आनाकानि गरेका छन् । उनले सबैको जवाफ दिँदै जाने हो भने आफ्नो अरू काम नै नहुने बताएका छन् ।

राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आउने क्रममा विमानस्थलमा पत्रकारसँग उनले जसले जे–जे भन्छ, त्यसको जवाफ दिँदै जाने हो भने आफ्नो केही काम नै नहुने बताएका हुन् ।

सहकारीबारे सोधिएको प्रश्नमा जवाफ दिँदै मन्त्री जसले जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरु कामै नरहने बताएका छन् ।

अरुको भन्दा पनि आफ्नै प्रश्न सोध्न पत्रकारलाई सुझाव दिए । ‘प्रश्नको जवाफ दिँदै म हिँड्दिनँ । तपाइँहरूको आफ्नै प्रश्नहरू भइदिए पनि हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्नमा महिनौँ दिनसम्म सोधिरहनुभन्दा तपाइँहरूका आफ्नै प्रश्न भइदिए हुन्थ्यो उनले भने । ’

गोष्ठीमा झापा, मोरङ र सुनसरीका निकायका प्रमुख, राजस्व, भन्सार प्रमुखहरू सहभागी छन् । यसमा भन्सार विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोशी प्रदेशका प्रहरी प्रमुखहरुले व्रिफिङ गर्ने कार्यक्र रहेको जनाइएको छ ।

आइतबार, २७ जेठ, २०८१, बिहानको ११:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page