लोड हुँदैछ...

मेनु

सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने

सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने

काठमाडौँ । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।