काठमाडौँ । नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएका छन् ।प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ ।
भारतीय पक्षबाट औपचारिक निमन्त्रणा पाइसकेपछि प्रधानमन्त्री प्रचण्ड भ्रमणका लागि उनको सचिवालय तथा नेपालस्थित भारतीय दूतावास जुटिसकेको छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्डको सचिवालयले भारतबाट पत्र आएको बारे केहि भनेको छैन ।
मोदीको शपथमा सहभागी हुन भारतले बङ्गलादेश, श्रीलङ्का, मोरिसस र भुटानका सरकारलाई निमन्त्रणा पठाइएको छ ।
मोदीले जुन ८ तारिखको शपथ लिने तयारी रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।