विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको विरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लैजादै गर्दा मृत्यु भएको हो ।
उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
जेठ ७ गते सम्पन्न अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।