इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरी । सुनसरीको इटहरी उपमहानगर क्षेत्रको शिक्षामा सुधार गर्ने नगरप्रमुख हेमकर्ण पौडेलले थालेको अभियानमा इटहरीका सबै सामुदायिक विद्यालयले साथ दिएका छन् ।

इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरुले ३० बुँदे साझा संकल्प–पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन् ।

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने, अंग्रेजी माध्यामलाई पनि प्रथामिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउँदै कार्यक्रमलाई प्रथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घरदैलो कार्यक्रम गर्ने साझा संकल्पमा उल्लेख छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने संकल्प–पत्रमा भनिएको छ ।

शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने संकल्प पत्रमा उल्लेख गरिएको छ । यस्तै
शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउँदै लैजाने भनिएको छ ।

मानव समुदायलाई आधुनिकतासँगै मानवीय उन्नति र प्रगतितर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिए भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान तीब्र रुपमा अगाडि बढाएका छन् । सामुदायिक स्कूहरुमा नेपालकै पहिलो पोषणयुक्त नमुना खाजा कार्यक्रम इटहरीबाटै सुरु भएको छ ।

बुधबार, २३ जेठ, २०८१, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर