विराटनगर । कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यान्वयनमा चुनौती रहेको प्रतिक्रिया दिएको छ ।
सुन्दा नारा राम्रो भए पनि कार्यान्वयनमा चुनौती हुने, कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बताए ।नीति तथा कार्यक्रम सार्वजनिक पछि प्रदेश सभा सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै तामाङले अहिले हेर्दा राम्रो भए पनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।
‘विगतका अभ्यासहरू हामीले नहेरेको होइन,’उनले भने,‘हिजो जस्तै यो पनि कार्यान्वयनमा गएपछि थाहा हुन्छ ।’नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नारा सधै राम्रो आउने गरेको उनले बताए ।
सत्ता बहिर्गमनपछि सरकारको विरोध गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएको हो । यस अगाडीका दुईवटा बैठक बहिस्कार गरेको काग्रेस आजको वैठकामा भने सहभागि भएको थियो । निति तथा कार्यक्रममाथिको छलफमा समेत सहभागि हुने काग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार कोशी सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गरेका थिए ।