मधेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनबीच सहमति

विराटनगर । मधेश प्रदेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिन सतारुढ दल तयार भएका छन् । एकीकृत समाजवादी पनि तयार भएपछि नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनबीच भागबण्डा मिलेको हो ।

जनमत पार्टीलाई मुख्यमन्त्री, एमालेलाई भौतिक पूर्वाधार, माओवादीलाई अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको हो ।

शनिबार एकीकृत समाजवादी पनि सहमत भएपछि भागबण्डा मिलेको हो । मुख्यमन्त्रीका लागि आइतबार दाबी पेश गरिने जनाइएको छ ।

 

आइतबार, २० जेठ, २०८१, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर