आज दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना

विराटनगर । शुक्रबार बिहान कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिलो कोशी प्रदेश एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमाआंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

शुक्रबार, १८ जेठ, २०८१, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर