काठमाडौं । काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको मुद्दामा दोषी ठहर भएका छन् ।
उनि अमेरिकाको आगामी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार पनि हुन । न्यूयोर्कको एक अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो । सजाय भने जुलाई ११ मा सुनाइनेछ ।
ट्रम्पले भने यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियान टोलीले भने ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ ।
.
ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । बाइडेन सत्तारूढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् ।
२०१६ को निर्वाचनको बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्स सँगको सम्बन्ध लुकाउन अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो । सो आरोपमाथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।
दोषी ठहर भए पनि ट्रम्प अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार भने बन्न सक्नेछन् ।