लोड हुँदैछ...

मेनु

२३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

२३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । बिहीबार सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलाको १ लाख २९ हजार ८ सय रुपैयाँ हुँदा चाँदी १ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ हुँदा चाँदी १ हजार ९ सय रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।