विराटनगर । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आज देखि सुनुवाइ हुँदैछ । जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।
त्यसअघि वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । एकल इजलासले छलफलमा बोलाउँदा केही संवैधानिक प्रश्नहरू उठाएको थियो ।
निवर्वतमान मुख्यमन्त्रीले भने असोज २७ गते मुख्यमन्त्री भएर कात्तिक १ गते विश्वासको मत प्राप्त गरेकाले २ वर्षभित्र पुन विश्वासको मत लिनुपर्ने जिकिर गरेका छन् ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएपछि संविधान र कोशी प्रदेशसभा नियमावली विपरीत एमाले माओवादीले सङ्कल्पको प्रस्ताव ल्याएको र सङ्कल्प प्रस्तावका आधारमा सरकार परिवर्तन नहुने तर्क कार्कीले अघि सारेका छन् । त्यस्तै कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा समेत उल्लेख नगरी र आफूलाई मुख्यमन्त्रीबाट समेत नहटाई असंवैधानिक रूपमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेकोले उक्त निर्णय बदर हुनुपर्ने जिकिर सर्वोच्चमा गरेका छन् ।
े