नेकपा एमाले धनकुटाकोअध्यक्षमा आङ्ला निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले शिव आङ्लाको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । अध्यक्षमा आङ्लाले ३ सय १४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी तामाङले २ सय ७ मत पाएका थिए ।

आङ्ला र निवर्तमान निवर्तमान उपसचिवहुने भने तामाङ सचिवालय सदस्य थिए । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा आङ्लाको प्यानलका नै निर्वाचित भएका छन् । उपाध्यक्षमा २ सय ९४ मतका मत पाएर चिन्तन तामाङ विजयी हुँदा उनका प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत मात्रै प्राप्त गरेका थिए ।

सचिवमा पर्शुराम नेपाल विजयी भएका छन् । उनले २ सय ९६ मत पाएका थिए । उनका प्रतिस्पर्धी शेर बहादुर लिम्बूले १ सय ९६ मत मात्रै पाए । उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मतका ल्याए साथ विजयी भए भने प्रतिस्पर्धी डा.गोपाल भट्टराईले १ सय ८७ मत ल्याएका थिए । महिला उपसचिवमा तुलसी राईले २ सय ६५ मत प्राप्त गर्दै विजयी यात्रत्र तय गर्दा प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले २ सय २६ मत पाएकी थिइन ।
पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा उपसचिबमा उम्मेदवारी दिएका केशरमान तुम्साले उम्मेदवारी फिर्ता लिएका थिए ।

लेखा समितिका ७ जना सहित ६१ जना सदस्य सर्वसम्मत चयन भएका थिए। पदाधिकारी र ३० जना सदस्यको लागि मतदान भएको हो। ३० सदस्यको लागि ५७ जनाको उम्मेदवारी परेको थियो। जेठ १२ गते शनिवारबाट सुरु भएको नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका मतदान गरेको थियो। एमाले धनकुटाको अधिवेशनमा ५ सय ४४ जना मतदाता रहेकोमा ५ सय ३७ मत खसेको थियो।

सोमबार, १४ जेठ, २०८१, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर