उपेन्द्र यादवले दायर गरेको पार्टी फुटविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट रिट ‘हेर्न नभ्याइने’मा परेको छ। पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको हो ।

यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित रिट दायर गरेका थिए । रिट सोमबार प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो ।

यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए ।

सोमबार यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको थियो ।

सोमबार, १४ जेठ, २०८१, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर