काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेको छ। नेप्से २.१४ अंकले घटेर २१.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्सें)ले जनाएको छ ।
नेप्सेसँग कारोबार रकम पनि घटेको छ । चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।
कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २७ रुपैयाँ ४० पैसा कायम भएको छ । एकैदिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३ रुपैयाँले बढेको हो ।