विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० मा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । बिहीबार आयोजना गरिएको वडा सम्मेलनबाट १७ सदस्यीय कमिटी गठन भएको हो ।
नयाँ कमिटीको उपाध्यक्षमा रुक्मिणी दाहाल, सचिवमा धर्म तितुङ, सहसचिवमा नवीन कार्की र कोषाध्यक्षमा मीना खड्का चयन भएका हुन् ।
सदस्यहरूमा मिलन भुजेल, राजेन्द्र मगराती, नवराज निरौला, गीता कटवाल, उद्धव कार्की, मोहनप्रसाद दाहाल, गीता मगराती, जीतबहादुर भण्डारी, टंक सुवेदी, धनमाया नेपाली र लेखनाथ खनाल रहेका छन् ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा माओवादी कोशी प्रदेश सचिव गणेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनमा अरू दल त्यागेर ३८ जना नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका थिए ।
माओवादी प्रवेश गर्ने अधिकांश नवप्रवेशीहरूले जनभावनाअनुसार विकास गर्ने दल रोजेको भन्दै खुसी व्यक्त गरे । माओवादीबाट निर्वाचित जनप्रतिनिधिले अपेक्षित ढंगले विकास गरेको तथा सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको उनीहरुले बताए । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश नेकपा एमाले समर्थित रहेको अध्यक्ष खड्काले बताए ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै मन्त्री उप्रेतीले अरू दलभन्दा कलिलो मानिए पनि माओवादी जनमनमा बस्न सकेको दाबी गरे । विकास–निर्माणको सवालमा जनभावनाअनुसार अगाडि बढ्ने भएका कारण जनताले विश्वास गर्ने पार्टीका रूपमा माओवादी स्थापित भएको उनको भनाइ छ ।
कार्यक्रममा मोरङ जिल्ला समन्वय समिति सचिव प्रकाश पौडेल, प्रदेश समिति सदस्य तथा नगर इन्चार्ज सुमन कालिकोटे, नगर अध्यक्ष प्रकाश साह, नगर सह– इन्चार्ज टुकबहादुर कार्की र मनोज शर्मा, नगर उपाध्यक्ष प्रदीप नेपाली, नगर सचिव बद्री पोखरेल, जिल्ला सदस्य डेग निरौला, याम दंगाललगायतको उपस्तिथि थियो ।