सञ्चारकर्मी दौडको उपाधि साह र यादवलाई

विराटनगर । विराटनगरमा आयोजित सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितामा महिला तर्फ पत्रकार इन्दु साह र पुरुषतर्फ कप्लेश्वर यादव प्रथम भएका छन् ।

नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको सन्दर्भमा बिहीबार आयोजना गरिएको प्रतियोगितामा माला पालुङवा द्वितीय, जानुका नेपाल तृतीय र सुशिला पाठक चौथो भएका छन् । विजेता साह प्रथम हुँदै दश हजार नगद राशीको पुरस्कार प्राप्त गरिन् । उनले प्राप्त गरेको पुरस्कारबाट ४ हजार रुपैयाँ पूर्वाञ्चल अनाथ आश्रमलाई दिने घोषणा गरिन् ।

यसअघि स्थापना दिवसको उपलक्ष्यमा आयोजित विराटनगरको महेन्द्र चोकदेखि होटल मनास्लुसम्मको दुई हजार ४०० मिटर दूरीको दौड प्रतियोतिामा पुरुषतर्फ कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम द्वितीय र तृतीय भएका छन् । नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विजयी खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

शुक्रबार, ११ जेठ, २०८१, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर