एकजना मान्छेको नागरिकताको विषय छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् हुदैन : ओली

विराटनगर । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकजना मान्छेको नागरिकताको विषय छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने प्रतिक्रिया दिएका छन् ।

विराटनगरमा बिहीबार साँझ एमालेको मोरङ जिल्ला कार्यालयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेससँग सम्बन्धित विषय नभएको बताएका हुन ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नक्कली नागरिकताका विषयमा छलफल गर्दा प्रेस स्वतन्त्रता हनन् भएको भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाङ्गो–टिङ्गो खेल खेलेको आरोप लगाए ।

‘सबै कुरालाई कांग्रेसले बाङ्गो–टिङ्गो बनाएर उचालेको छ,’ उनले भने, ‘यसले केही अर्थ राख्दैन ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले इगो साँधेकोजस्तो देखिन्छ नि ? भन्ने प्रश्नमा उनले देख्दा त्यस्तो देखिएको भएपनि गृहमन्त्रीले आफ्नो कर्तव्यस्वरुप कारबाहीलाई अगाडि बढाएको जवाफ दिए ।

बिहिबार, १० जेठ, २०८१, साँझको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर