चौंथो मिल्स गोल्डकप : बर्दिवासलाई हराउँदै एपीएफ सेमिमा

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो ।

जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए । जितसँगै एपीएफले पहिलो सेमिफाइन खेल आइतबार हुने टिडबलुवाइसि विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको बिजेता टिमसँग खेल्नेछ ।

एक पक्षीय खेल पस्किएको एपीएफले खेल सुरु भएको ११ औं मिनेटमा हरी कार्कीले गोल गरी टिमलाई अग्रता दिए । एपीएफका कप्तान उज्वल चाम्लिङ्गले निकालेको पासलाई हरीले गोलमा परिणत गरे । पहिलो गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसन राईले २५ यार्डबाट गरेको प्रहारले जाली चुम्यो । दोस्रो गोल पनि एपीएफका कप्तान उज्वलले पास निकालिदिएका थिए । २२ औं मिनेटमा हरी कार्कीले गोल गरी अग्रता तेब्बर बनाए । भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरीले आकर्षक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गोल टिमको जित सुनिश्चत गरे ।
खेलको ५५ औं मिनेटमा बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए ।
खेलको सुरूवातदेखि आक्रमक खेल पस्किएको एपीएफले अन्तिमसम्म दवाबमा राख्न सफल भयो । खेलको १६ औं मिनेटमा बडिपले गरेको कडा प्रहार बाहिरयो । ३७ औं मिनेटमा बर्दिवासका कृष्ण मगरको प्रहार पोस्ट माथिबाट बारियो । खेलको म्यान अफ द म्याच एपीएफका हरी कार्की भए । उनले नगद तीन हजार पाए ।
प्रतियोगिताको शनिबारको खेल पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरी बिच हुनेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितमा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागि रहेको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल वैशाख १५ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उप विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए ।

 

शुक्रबार, ०७ बैशाख, २०८१, साँझको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर