फ्रेन्डसिप कप टी–२० क्रिकेट : उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल

विराटनगर । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तरगत आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगीतामा नेपाल र घरेलु टोली गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रवार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।

नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जीत र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।

तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप श्रृंखला खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।

आइतबार, २५ चैत, २०८०, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर