लोड हुँदैछ...

मेनु

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाइ

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो ।

जितसंगै ग्रामथानले नगद ६१ हजार र ट्रफि पायो । उपबिजेता बनेको धरानले ३१ हजार रुपैयाँमा चित बुझायो ।

जितको लागि निर्णायक गोल ग्रामथान भेट्रान्सका महेन्द्र खवासले गरे । उनी खेलको म्यान अफ द फाइनल घोषित भए । म्यान अफ द श्रीरिज धरानका तिर्थ बहादुर मगर र

हाइस्कोर ग्रामथानका मित्र बहादुर बस्नेत घोषित भए । उनले खेल अवधिभर ६ गोल गरेका थिए । प्रतियोगितामा बिजेता हेने खेलाडीलाई पुरस्कार बितरण नेपाल खेलकुद महासंघका अध्यक्ष पशुराम बस्नेत र विराटनगर १६ का वडाअध्यक्ष प्रकाश साहले गरे ।

मिल्स भेट्रान्स फुटबल क्बल रानीको आयोजना सुरुमा भएको प्रतियोगिता चैत २४ गतेसम्म संचालन भएको प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सफ क्बलका अध्यक्ष राजु थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।