विराटनगर । रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारी सहित सात नेपालीको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्वबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे र झापाका गंगाराम अधिकारी छन् ।
यस्तै बागलुङका जीतबहादु विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।


