लोड हुँदैछ...

मेनु

बिहीबार नेप्से २७.८४अंघले घट्यो

बिहीबार नेप्से २७.८४अंघले घट्यो

विराटनगर । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ ।

आज ३०३ धितोपत्रका एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भएको छ । १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ ।

जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.०२ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।