विराटनगर । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ ।
आज ३०३ धितोपत्रका एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा किनबेच भएको छ । १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ ।
जीवन बिमा उपसमूहको समूहगत सूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.०२ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ ।

