विराटनगर । उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । एक जना घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरीकोबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।
मृृतकहरुको पहिचान समेत खुलेको प्रहरीले जनाएको छ । उदयपुर प्रहरीका अनुसार बोलेरोमा सवार रहेका चालक हतुवा गढी गाउँपालिका–२ का ४२ वर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवा गढी गाउँपालिका–२ की ७० बर्सिया पर्वतमाया राई, २३ वर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवा गढी गाउँपालिका –९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवा गढी गाउँपालिका–५ की ३० बर्सिया राम कुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकारीको घटनास्थलमा मृत्यु भएको थियो ।
हतुवा गढी गाउँपालिका –५ का ४२ वर्षीय किसान राईको धरानको वि।पि।कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० बर्सिया मिनु राई, सोही स्थानकी ३६ बर्सिया साबित्रा राई, हतुवा गढी गाउँपालिका–२ की ३२ बर्सिया शान्ति राई, हतुवा गढी गाउँपालिका–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्सिया सबिना परियार, इटहरी–१७ सुनसरीकी ३४ बर्सिया गायत्री कट्वाल, उनकै ८ बर्सकी छोरी निकिता कट्वाल र इटहरी–१७ की २९ बर्सिया रमा थापाको बि।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।