लोड हुँदैछ...

मेनु

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। उनीहरु सडक छेउमा बसेका थिए ।

मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगर रहेको नेपाली राजदूतावासले जनाएको छ।

कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए। कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए।

गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई स्थानीयले चलाएको कारले ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।