विराटनगरका उद्योगी र बंगालादेशका राजदूतबीच छलफल

व्यवसायिक सहजीकरण गर्ने आश्वासन

विराटनगर । नेपालका लागि बंगलादेशका राजदूत सलाहउद्दिन नोमन चौधरीसँग उद्योग संगठन मोरङका पदाधिकारीहरुले आइतबार छलफल गरेका छन् । उनीहरुबीच व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका तथा पर्यटन आदि क्षेत्रमा हुन सक्ने सहकार्य र साझेदारीका विषयमा छलफल भएको हो ।

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराएका थिए । उनले समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

अध्यक्ष सुरानाले बंगलादेश स्थित व्यावसायीक संस्था तथा औद्योगिक पक्षहरुसंग संस्थागत सम्बन्ध विस्तारमा जोड दिँदै संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन ¥याली र नेपाल र बंगलादेशका उद्योगीहरु बिचमा सम्बन्ध बिस्तारका लागि पनि सहजीकरण चाहेको बताएका थिए ।

छलफलमा राजदूत चौधरीले नेपाल र बंगलादेशका बिच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिचको सम्वन्ध विस्तार गर्न सधैँ तत्पर रहेको बताएका थिए ।

राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको ¥याली आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङको पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दुतावासका प्रतिनिधिहरु सहभागी थिए ।

सोमबार, २८ फागुन, २०८०, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर