विराटनगर । मोरङका सहकारी संघ संस्थताहरुले ६७औं राष्ट्रिय सहकारी दिवसमा विराटनगरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । जिल्ला सहकारी संघको संयोजनमा विभिन्न संघहरुको बैठकले विराटनगरमा कार्यक्रम गर दिवस मनाउने निर्णय गरेको हो ।
सहकारी दिवस आयोजना गरी जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा.डिल्ली पोख्रेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।कार्यक्रमलाई व्यवस्थित गर्न पोख्रेलकै संयोजकत्वमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम प्रकाश कोइराला, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रबिन्द्र आचार्य, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष माधव अधिकारी, उपभोक्ता संघका अध्यक्ष माधव अत्री, राष्ट्रिय सहकारी बैंकका शाखाप्रबन्धकहरु, सहकारी कर्मचारी संगठनका अध्यक्ष गणेश राई, चक्र खड्कासमेत रहेको २५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको जनाइएको छ ।
आगामी चैत्र १६ गते दिउँसो साढें ३ बजे एकै समय पारेर विराटनगर, रंगेली, उर्लाबारी, पथरी÷शनिश्चरे, सुन्दरहरंैचा, बेलबारी र लेटाङमा मोटरसाइकल ¥याली निकाल्ने र चैत्र १९ गते साँझ ६ बजे सबै पालिकाको केन्द्रमा दीपावली गर्ने निर्णय गरेको संघले जनाएको छ । संघले चैत्र १४ गतेदेखि १९ गतेसम्म कुनै न कुनै कार्यक्रम आयोजना गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सह–सचिव एवं मूल समारोह समितिका सदस्य युवराज दाहालकाअनुसार चैत्र २० गते हजारौंको संख्यामा विराटनगरमा सहकारीकर्मीहरुको उपस्थितिमा कार्यक्रम गर्ने तयारी छ ।
पछिल्ला दिनहरुमा सहकारी क्षेत्रप्रति नकारात्मक प्रचार भइरहेकोले सहकारीप्रति सकारात्मक सन्देश दिन कार्यक्रम आयोजना गर्न लागेको उनले बताए ।
नेपालमा हरेक वर्ष चैत्र २० गतेको दिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइने गरेको छ ।

