कोशीस्तरीय सफ्ट टेनिसमा श्रेया र आशिषलाई उपाधि

विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगितामा श्रेया योञ्जन र आशिष बोहराले उपाधि जितेका छन् ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगलतर्फ प्रथम हुने श्रेयाले रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श्रेया राई तेस्रा भए ।

यस्तै पुरुष सिंगलमा प्रथम हुने आशिषले आभाष बुढाथोकीलाई ४–२ को सेटमा पराजित गरे । आभाष द्वितीय, मुकुन्द बुढाथोकी र अशलेश ढकाल तृतीय भएका छन् । महिला डबल तर्फ श्रेया योञ्जन र श्रेया राईको जोडी प्रथम, अभिलाशा लामिछाने र रेजिना लामाको जोडी दोस्रो भएको छ ।

श्रेया उपाध्याय र याना राजभण्डारी तथा मुस्कान मुन्दडा र रिया गुप्ताको जोडी तृतीय भएको छ । पुरुष डबल तर्फ आशिष बोहरा र आभाष बुढाथोकीको जोडी प्रथम, दिपेन्द्र थापा र मुकुन्द बुढाथोकीको जोडी द्वितीय भएको छ । अभिषेशअमन झा र अशलेष ढकाल, जयन्द्रबिक्रम राणा र अमित कार्की तृतीय भए ।

भेट्रान तर्फ आयोजक संघका अध्यक्ष श्यामकुमार लामा र खेलका रेफ्री राजेश लामीछानेको जोडी प्रथम, निजी विद्यालयका संचालक अमिश रेग्मी र राजकुमार थापाको जोडी द्वितीय तथा सफ्ट टेनिसका प्रशिक्षक राजेशकुमार बोहरा र पूर्व राष्ट्रिय च्याम्पियन रोशन राउतको जोडी तृतीय भए ।

कोशी प्रदेशस्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको थियो । सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । बिजेतालाई पुरस्कार प्रदान गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ र प्रदीप भगतले खेल र खेलाडी संरक्षणमा बोर्ड सक्रिय रहेको जानकारी दिए

बिहिबार, १७ फागुन, २०८०, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर