वाफ महिला च्याम्पियनसिपमाको सेमिफाइनलमा आज नेपालले लेबनानसँग खेल्ने

काठमाडौं । वाफ महिला च्याम्पियनसिपमाको सेमिफाइनलमा आज नेपालले लेबनानसँग खेल्दैछ।

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप खेल नेपाली समयअनुसार राति पौने ११ बजे किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ।

समूह ‘बी’को विजेता नेपाल र समूह ‘ए’को उपविजेता लेबनानबीच फाइनल प्रवेशका प्रतिस्पर्धा हुन लागेको हो।

पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५–० ले पाखा लगाएको थियो। तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो।

मङ्गलबार, १५ फागुन, २०८०, बिहानको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर