प्याब्सन प्रेसिडेन्ट कप, क्वार्टरफाइनलमा पुगे आठ विद्यालय

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल प्रतियोगितामा आठ विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार भएको खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, ग्यालेक्सी, अन्नपूर्ण, हरैंचा मोडल, बेलबारीको भुपु सैनिक, सुनगाभा र पथरीको सिंहदेवी स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।

विराटनगर जुट मिलको खेलमैदानमा भएको पहिलो खेलमा ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियल स्कुललाई सडन डेथमा १३–१२ गोलले हराउँदै विराटनगरको सेन्टजोसेफ स्कुल अन्तिम आठमा पुगेको छ । यसैगरी रतुवामाइको मुनाल आदर्श स्कुललाई ३–० गोलले निराश बनाउँदै बेलबारीको शिक्षा सन्देश स्कुल विजय भएको छ । शिक्षा सन्देश स्कुलका आशिष मगरले ह्याट्रिक गर्दै टिमलाई क्वाटरफाइलनमा पुर्याए । खेलको म्यान अफ द म्याच पनि आशिष भए ।
तेस्रो खेलमा विराटनगरको पथरीको एभरेष्टलाई हराउँदै ग्यालेक्सी स्कुल अन्तिम आठमा पुगेको छ । ग्यालेक्सीले पथरी एभरेष्टलाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । ग्यालेक्सीका संजीव तामाङ्गले निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

चौथो खेलमा उर्लाबारीको विद्या ज्योति स्कुलले पथरीको अन्नपूर्ण स्कुललाई २–० गोलले पराजित गर्यो । जितका लागि अन्नपूर्णका युगल राई र सुजल गुरुङले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अन्नपूर्णका युगल घोषित भए ।
यसैगरी डिग्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा हरैंचा मोडल स्कुलले विराटनगरको सगरमाथा स्कुलललाई १–० गोलले हरायो । जितको लागि निर्णाय गोल हरैंचा मोडलका एलन श्रेष्ठले गरे । उनी म्यान अफ द म्याच पनि घोषित भए ।

दोस्रो खेलमा बेलबारीको भुपु सैनिक स्कुलले सुन्दरहरैंचाको सिद्धार्थ स्कुललाई टाइब्रेरकमा ३–२ गोलले जित्यो ।
तेस्रो खेलमा उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलले पशुपति आवसीय विद्यालयलाई टाइब्रेरकमा ४–३ गोलले निरास बनायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेल टाइब्रेकर भएको थियो ।

चौथो खेलमा पथरीको सिंहदेवी स्कुलले बेलबारीको बालमिकी स्कुललाई १–० गोलले हराउँदै सिंहदेवीले जितेको छ । निर्णायक गोल सिंहदेवीका गणेश बहादुर राईले गरे । बालमिकी स्कुलका उमेश राना मगर म्यान अफ द म्याच घोषित भए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरु हुँदैछ । स्पोर्ट्स मिटको औपचारिक उद्घाटन भने आज शुक्रबार विराटनगरस्थित सहिद मैदानमा हुँदैछ । उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले गर्ने तय भएको छ ।
स्पोर्ट्स मिटमा जिल्लाभरिका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।
तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङगल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।

शुक्रबार, २६ माघ, २०८०, बिहानको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर