विराटनगर । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज खेलिएको खेलमा नेपालले क्यानाडालाई ७ रनले पराजित गरेको हो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि २१७ रनमात्र बनाउन सक्यो ।
२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाएका थिए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । यस्तै आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।
नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए । उनले उनले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिएर ४ विकेट लिए ।
क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरेका थिए । पर्गतले ५० रन जोड्ने निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे । त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग ६० रनको साझेदारी गरेका थिए ।
निकोलासले ६० रनको योगदान गरे । उनले ९९ बलमा ७ चौका प्रहार गरेका थिए । निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो । नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिनेछ ।
नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।