लोड हुँदैछ...

मेनु

हरिणको सिङसहित एक जना महिला पक्राउ

हरिणको सिङसहित एक जना महिला पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–७ बस्ने ५५ वर्षीया सागर देवीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

गैरकानुनी क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले गाँजा र हरिणको सिङसहित उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा १ किलो ६९७ ग्राम र अवैधरूपमा लुकाईछिपाई राखेको २ जोडी ४ थान हरिणको सिङजस्तो देखिने बस्तु फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।