विराटनगर र ग्रामथान क्रिकेट क्लब बि डिभिजनको सेमिफाइनल प्रवेश

विराटनगर । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा जारी मोरङ जिल्लास्तरीय ‘बी डिभिजन’ क्रिकेट प्रतियोगिताबाट विराटनगर क्रिकेट क्लब (बीसीसी) र ग्रामथान क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् । सोमबार भएको खेलबाट दुवै टिमले आफू विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो खेलमा बीसीसीले होराइजन क्रिकेट क्लवलाई पाँच विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको होराइजनले निर्धारित २३ ओभरमा सात विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो । होराइजनका लागि सुजन भट्टराईले ४० र अनवर अन्सारीले १३ रन बनाए । बीसीसीका बलर कृतिक कामत र अविषेक मण्डलले दुई–दुई विकेट लिए ।

एक सय १२ रनको लक्ष्य पछ्याएको बीसीसीले २० ओभरमा पाँच विकेट गुमाएर जित हासिल गरेको हो । बीसीसीको जितमा धिरज कामतले ३९, अमन गुप्ताले २७ र कृतिक कामतले अविजित २२ रनको योगदान गरे । होराइजनका बलर मनिस मण्डल, अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारीले एक–एक विकेट विकेट लिए ।

सोमबार नै भएको दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले जहदा क्रिकेट क्लवलाई तीन विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको जहदाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनाएको थियो । जहदाका विवेक मुखियाले १७ र विशाल मण्डलले १२ रन बनाए । ग्रामथानका बलर पारस चौधरी एक्लैले पाँच विकेट लिए ।

एकसय १२ रनको लक्ष्य पछ्याएको ग्रामथानले सात विकेट गुमाएर जित हासिल ग¥यो । ग्रामथानको जितमा म्यान अफ दी म्याच घोषित अनिष विश्वकर्माले ४३ रनको योगदान गरे । विकाश कार्कीले पनि १५ रन बनाए । जहदाका बलर आमोद मण्डल र पाण्डव मण्डलले दुई–दुई विकेट लिए ।

सोमबार, २२ माघ, २०८०, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर