काठमाडौं । यू–१९ विश्वकप खेलेर नेपाली क्रिकेट टिम स्वेदश फर्किएको छ । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको हो ।
नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह लगायतका पदाधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको नेपालले अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको हो ।
यद्यपि सुपर सिक्समा भने भारत र बंगलादेश नेपाल दुवै खेलमा पराजित भयो।