विराटनगर र बेलबारी विजयी

विराटनगर  । मोरङ जिल्ला स्तरीय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएको छ ।

पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लबलाई  २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जसमा अभय कुर्मीले २४ रन बनाउँदा पृथ्वी सुब्बाले १८ रन बनाए । कटहरीका नितेश सहनि र राहुल मण्डलले २–२ विकेट लिए ।

१ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । जसमा म्यान अफ द म्याच सुनिल यादवले अविजित ५२ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठ र रुपेश केतुवालले २–२ विकेट लिए ।

दोस्रो खेलमा बेलबारी क्रिकेट क्लबले मेरिल्यान्ड क्रिकेट क्लब विराटनगरलाई ७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बेलबारीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जसमा शंकर तामाङले २५ रन बनाउँदा  प्रावि खडकाले १८ रन बनाए । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशि शेखर झाले पनि ३ विकेट लिए ।

१ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जसमा कृष्ण देवले सर्वाधिक २९ रनको योगदान दिए । बेलबारीका  म्यान अफ द म्याच रविन खडका र निश्चल बुढाथोकीले २–२ विकेट लिए ।

बिहिबार, १८ माघ, २०८०, साँझको ०५:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर