काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् ।जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमति पत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए ।
पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले सवारी चालक अनुमति पत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने जानकारी दिएका छन् ।
मन्त्री ज्वालाले अब सवारी चालक अनुमति पत्रलाई प्रदेशस्तरीय बनाउने विषयमा केहिदिन अगाडी प्रदेशका मन्त्री र स सचिवसँग छलफल गरेको बताएका छन् ।
मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने बताए ।