काठमाडौं । दक्षिण अफ्रिकामा जारी विश्वकपमा आज दुई खेल हुँदैछन्।
समूह ‘ए’ अन्तर्गत आयरल्याण्डले बंगलादेशको सामना गर्दै छ भने समूह ‘सी’ अन्तर्गत नामिबियाले अस्ट्रेलियाको सामाना गनुर्् पर्ने छ ।
दुवै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ।
यसअघि आइतबार भएको समूह ‘डी’को खेलमा न्यूजिल्याण्डले नेपाललाई ६४ रनले पराजित गरेको थियो।
यस्तै समूह ‘सी’ अन्तर्गत भएको अर्को खेलमा श्रीलंकाले जिम्बावेलाई ३९ रनले पराजित गरेको थियो।