लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री कपमा पुलिसले ७ विकेटले हरायो कोशी प्रदेशलाई

प्रधानमन्त्री कपमा पुलिसले ७ विकेटले हरायो कोशी प्रदेशलाई

विराटनगर । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग कोशी प्रदेश पराजित बनेको छ । कोशी प्रदेश सात विकेटले पराजित बनेको हो ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसको जितमा अर्जुन साउदले ६२ रन बनाएका थिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३८, दिलीप नाथले ३१, सुनील धमलाले १६ र कुशल भुर्तेल १२ रन जोडेका थिए।

कोशीका कमल खत्रीले दुई र सोनु मण्डलले एक विकेट लिए। त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कोशीका सुजन थपलियाले शतकको साथमा ४८.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनाएका थिए । सुजनले १२६ बलमा ६ चौका र ८ छक्कासहित १०५ रन जोडेका थिए

आभ्युस तिम्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन जोडे।

यस बाहेक कोशीका अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लगातार दोस्रो जित निकालेको पुलिस क्लब तालिकाको दोस्रो स्थानमा उक्लिएको छभने लगातार तेस्रो हार व्यहोरेको कोशी अन्तिममा छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।