विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनको आज उम्मेदवारी दर्ता गरीदै छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
.उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिहृन भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ ।
आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । आइतबार मतदाता नामावली प्रकाशित गरिसकेको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।