विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि १९ जना उम्मेदवारको नाम तय गरेको छ।
एमालेको आइतबार बसेको सचिवालय बैठकले १९ जना उम्मेदवारको नाम तय गरेको महासचिव शंकर पोखरेलले बताए।
एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी कोइराला र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीको नाम टुंग्याएको छ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव लड्दैछन्। सत्ता साझेदार दल नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्तिले भने भाग पाएका छैनन्।
सत्ता गठबन्धनले निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादी पार्टीले १ सिट भागबन्डा गरेका छन्।