संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदवारि आगामी माघ २६ गते देखि फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तीन पोखरी समाज विकास क्लब खाँदवारि –७ को आयोजनामा प्रथम आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । माघेसक्रान्तिको अवसरमा पर्यटन प्रवर्द्धन तथा फुटबल खेलको विकास र खेलाडीको व्यवसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।
आज सदरमुकाम खाँदवारिमा पत्रकार सम्मेलन गर्दै आयोजक तीन पोखरी समाज विकास क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तीन पोखरी समाज विकास क्लबको आयोजनामा प्रथम आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आगामी पुस २६ गते देखि माघ १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहने प्रतियोगिता तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले बताए ।
प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली,इटहरी फुटबल क्लब,भङ्सावारी फुटबल क्लब,हिले फुटबल क्लब, सहित १२ टिमको सहभागिता रहने अध्यक्ष चापागाईँले बताए । प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख २२ हजार २ सय २२ ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद१ लाख ११ हजार १ सय ११ ट्रफि, मेडल, प्रमाणले सम्मान गरिने छ । त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गरेको दुई टिमलाई नगद २७/२७ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा करिब नगद २२ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ ।