विराटनगर । नेपाल रग्वी संघ कोशीले प्रदेशस्तरीय रग्मी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । संघको सम्पन्न दोश्रो वार्षिक साधारण सभाले कोशी प्रदेशस्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
साधारण सभाले अन्तर विद्यालय प्रदेशस्तरीय टि वन प्रतियोगिता आयोजना गर्ने, कोच÷रेफ्री तालिम सञ्चालन गर्ने आदि कार्ययोजना पनि तयार पारेको रग्वी संघ कोशी प्रदेशका नवराज विष्टले जानकारी दिए ।
संघका अध्यक्ष विनोद कटुवालको अध्यक्षमा भएको साधारण सभाले संघको विधान पनि पारित गरेको थियो । प्रदेश सभा सदस्य नारायण बुर्जा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले खेलकुदको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले रग्बी खेललाई सरकारले अन्य खेल सरह मान्यता दिएर यसको विकास गर्नुपर्ने र त्यसका लागि आफूले पहल गर्ने बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।