काठमाडौं । शेयर बजार सामान्य गिरावट आएको छ ।
सातामा कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से ८.७१ अंकले गिरावट आएर २०४९.२८ बिन्दुमा कायम भएको छ ।
बिहीबार ३०३ कम्पनीको शेयर कारोबार हुँदा ११३ कम्पनीका लगानीकर्ताले कमाए भने १२८ कम्पनीका लगानीकर्ताले गुमाए । अन्य ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन ।
सबैभन्दा बढी कारोबार भने सोनापुर मिनरल्स कम्पनीको भएको छ ।

