विराटनगर । प्रदेश नं १ संयुक्त ‘संघर्ष समिति’ ले मेची राजमार्ग बन्द फिर्ता लिएको छ। समितिले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका बुलेट किराँती रिहाइ हुने निश्चित भएकाले यातायात बन्द फिर्ता लिएको जनाएको छ ।

समितिले एमालेको मध्यपहाडी संकल्प यात्रा बिथोल्न गएको मङ्सिर ३० र पुस १ गते कोशीमा बन्द आह्वान गरेको थियो। त्यहि बेला इलाममा पराल बोकेको गाडीमा आन्दोलनकारीले आगो लगाएका थिए। सोही आरोपमा झापाबाट बुलेट पक्राउ परेका थिए ।

उनको रिहाइको माग गर्दै संघर्ष समितिले हिजो र आज दुई दिन राजमार्ग बन्द आह्वान गरेको थियो। समितिले आज जारी गरीएको विज्ञप्तिमा भनिएको छ ‘पहिचानवादी नेता बुलेट किराँती रिहाइ हुने निश्चित भएकोले यही पुस १८ र १९ को लागि आव्हान गरिएको मेची राजमार्ग बन्दको कार्यक्रम आज २ बजे देखि फिर्ता गरिएको छ ।’